२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज चैत्र महिनाको २९ गते आईतबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यवसायमा मन्दी आउनसक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित हुनेछ । काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु पनि क्षय होलान् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश, जाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्त्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवार सँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): वैदेशिक कार्य अघि बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज अतिथिको रूपमा सत्कार पाइन सकिनेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा पनि रहला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ, तर लत्ता कपडामा खर्च बढ्न सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): शुभारम्भको चर्चा चल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिल्नेछ । हाम्रो पात्रो