• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

क्रिकेट विश्वकप: सेमिफाइनलमा स्थान बनाउन संघर्षरत न्युजिल्यान्ड र श्रीलंका खेल्दै



काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको नवौँ तथा अन्तिम चरणको पहिलो खेलमा आज सेमिफाइनलमा स्थान बनाउन संघर्षरत न्युजिल्यान्ड र श्रीलंका खेल्दैछन् । बेगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा हुनलागेको महत्वपूर्ण खेल नेपाली समयअनुसार, दिउँसोको २:१५ बजे सुरु हुनेछ ।

साविक उपविजेता न्युजिल्यान्ड आजको खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । आयोजक भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

अब सेमिफाइनलमा पुग्ने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । जसको लागि तीन राष्ट्रबिच कडा प्रतिस्पर्धा देखिएको छ । आठ खेलबाट आठ अंक बटुलेको न्युजिल्यान्ड तालिकाको चौथो स्थानमा छ । आठ खेलबाट आठ अंक नै जोडेको पाकिस्तान र अफगानिस्तान नेटरननेटको कारण क्रमश: पाँचौँ र छैठौँ स्थानमा छन् । यी तीनवटै टोली न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानमध्ये एक टोली सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

बिहीबारको खेलमा श्रीलंकालाई हराउन सके न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने सम्भावना बढी देखिन्छ । तर, न्युजिल्यान्ड श्रीलंकासँग पराजित भए सेमिफाइनल समिकरण निकै रोमाञ्चक बन्नेछ ।

पाकिस्तान र अफगानिस्तानका लागि पनि अबको एक खेल जित्न सहज हुने छैन । पाकिस्तानले आफ्नो अन्तिम खेलमा साविक विजेता इङ्ल्यान्डको सामना गर्नेछ । उक्त खेलमा इङ्ल्यान्ड पनि पाकिस्तानलाई हराउँदै सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा स्थान पक्का गर्ने धुनमा हुनेछ । विश्वकपको अंक तालिकामा पहिलोदेखि सातौँ स्थानसम्म रहने टोलीले २०२५ को च्याम्पियन्स ट्रफी खेल्न पाउने छन् । हाल इङ्ल्यान्ड चार अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

यसैगरी अफगानिस्तानले पनि आफ्नो अन्तिम खेल निकै बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग भिड्दैछ । त्यसैले अन्तिम खेल जित्न अफगानिस्तानका लागि पनि सहज हुने छैन ।

हेड टु हेड
जारी विश्वकपको यसअघिको खेललाई हेर्दा श्रीलंकाली टोलीभन्दा न्युजिल्यान्ड निकै बलियो देखिन्छ । न्युजिल्यान्डले ब्याटिङ् बलिङ र फिल्डिङ सबै सन्तुलित देखिन्छ । यसपालिको विश्वकपमा भने श्रीलंकालले खासै गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।

यसअघि यी दुई राष्ट्रबिच हालसम्म एक सय एकवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये ५१ खेलमा न्युजिल्यान्ड विजयी भएको छ भने ४१ खेलमा श्रीलंकाले सफलता हात पारेको छ । जसमा आठवटा एकदिवसीय खेल अनिर्णित रुपमा सकिएको छ भने एउटा खेल बराबरीमा टुंगिएको छ ।

आईसीसी एकदिवसीय विश्वकपमा भने न्युजिल्यान्ड र श्रीलंकाबिच कुल ११ वटा खेल खेलिएको छ । जसमा श्रीलंका ६ खेलमा विजयी भएको छ भने न्युजिल्यान्डले ५ खेल जितेको छ ।