• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   ‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण ★   जस्टिन बिबर पहिलो पटक बुवा बन्दै ★   नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण ★   के सुनिल नारायणले रक्सी पिएर विस्फोटक ब्याटिङ गर्छन् ? ★   संसदीय छानबिन समिति बटमलाइन: कांग्रेस ★   जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ: प्रधानमन्त्री ★   टी–२० विश्वकपको टोलीमा नपरेपछि न्युजिल्याण्डका शक्तिशाली ब्याट्सम्यानले लिए सन्यास ★   कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ ★   गत साउनदेखि चैत मसान्तसम्म २२४ वटा निर्माण कम्पनी कालोसूचिमा ★   प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु

रेशम चौधरीविरूद्धको मुद्दाको सुनुवाइ स्थगित



फाईल फोटो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
पाँच महिनापछि सुनुवाइ तोकिएको उक्त मुद्दा स्थगित भएको हो । सोही घटनामा जेल परेर असोज ३ मा माफी मिनाहा पाएका थप तीनजना विरुद्धको रिटमा भने आज सुनुवाइ हुने भएको छ ।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका थिए । रेशमको आममाफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशवसिंह बोहराकी पन्ती शारदा कडायतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

रिट निवेदक कडायतले राष्ट्रपति पौडेलबाट भएको आममाफी बदर गराएर रेशमलाई पूरै कैद भुक्तानका लागि पठाउन आदेश माग गरेका थिए ।

२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकार रेशम रहेको ठहर गर्दै अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतबाट भएको उक्त जन्मकैदको फैसला उच्च अदालत र सर्वोच्च अदालतले समेत सदर गरेको थियो ।