• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा



काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटको पेशी आज तोकिएको छ ।

सरकार गठनविरुद्ध दायर रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासमा तोकिएको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध केदार कार्कीले रिट दायर गरेका हुन् ।

कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वानलाई बदर माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले भने बिहीबारै हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।