• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली ★   नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण ★   पार्टी फुटले सरकारलाई कुनै असर गर्दैनः उपप्रधानमन्त्री यादव ★   सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ ★   वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण ★   वीरगन्जका पूर्व मेयर सरावगीले एमाले परित्याग गरे ★   जब आइन्स्टाइनको दिमाग चोरी भयो ★   संघीयता कहिलेसम्म हो थाहा छैन: सचिव झाँक्री ★   अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ५ करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ ★   साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण: प्रधानमन्त्री

रेशम चौधरीविरूद्धको मुद्दाको सुनुवाइ स्थगित



फाईल फोटो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
पाँच महिनापछि सुनुवाइ तोकिएको उक्त मुद्दा स्थगित भएको हो । सोही घटनामा जेल परेर असोज ३ मा माफी मिनाहा पाएका थप तीनजना विरुद्धको रिटमा भने आज सुनुवाइ हुने भएको छ ।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका थिए । रेशमको आममाफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशवसिंह बोहराकी पन्ती शारदा कडायतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

रिट निवेदक कडायतले राष्ट्रपति पौडेलबाट भएको आममाफी बदर गराएर रेशमलाई पूरै कैद भुक्तानका लागि पठाउन आदेश माग गरेका थिए ।

२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकार रेशम रहेको ठहर गर्दै अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतबाट भएको उक्त जन्मकैदको फैसला उच्च अदालत र सर्वोच्च अदालतले समेत सदर गरेको थियो ।