७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहोरो शतकीय इनिङ्स खेल्दै अष्ट्रेलियालाई जिताउने म्याक्सवेलले बनाएका रेकर्डहरु



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को ३९ औँ खेल कीर्तिमानी थियो । अष्ट्रेलिया र अफगानिस्तानबीचको यो खेलमा कैयौं कीर्तिमान तोडिएका छन् । फिल्मी शैलीमा खेलिएको यो खेल अष्ट्रेलियाले ३ विकेटले जित्यो ।

मुम्बईको वानखेडे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले इब्राहिम जाद्रान (१२९ रन)को शतकको मद्दतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो । २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । दोहोरो शतक प्रहार गरेका ग्लेन म्याक्सवेल प्लेयर अफ द म्याच घोषित भए ।

यी खेलमा म्याक्सवेलले विभिन्न रेकर्डहरु बनाए । यसबारे यहाँ चर्चा गरौँ ।
१. म्याक्सवेल एकदिवसीयमा दोहोरो शतक बनाउने पहिलो अस्ट्रेलियाली खेलाडी
ग्लेन म्याक्सवेल एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो अष्ट्रेलियाली र विश्वका ९औँ ब्याट्सम्यान बनेका छन् । म्याक्सवेलअघि भारतीय कप्तान रोहित शर्माले तीन पटक यस्तो उपलब्धि हासिल गरेका थिए । यी दुई बाहेक विश्वका अन्य ७ ब्याट्सम्यानले पनि एकदिवसीय क्रिकेटमा २०० रन बनाएका छन् । जसमा मार्टिन गप्टिल (२३७ रन अविजित), विरेन्द्र सहवाग (२१९ रन), क्रिस गेल (२१५ रन), फखर जमान (२१० रन), इशान किशन (२१० रन), शुभमन गिल (२०८ रन), सचिन तेन्दुलकर (२०० रन अविजित) रहेका छन् ।

२. एकदिवसीयमा गैर ओपनरद्वारा उच्चतम स्कोर
म्याक्सवेलले कुनै पनि गैर ओपनर ब्याट्सम्यानको सर्वाधिक रन बनाएका छन् । उनले जिम्बाब्वेका चार्ल्स कभेन्ट्रीको १९४ रनको कीर्तिमान तोडेका छन्, जुन उनले २००९ मा बंगलादेशविरुद्ध बनाएका थिए ।

३. म्याक्सवेलले एकदिवसीय क्रिकेटमा रन चेजमा सर्वाधिक रन बनाए
एकदिवसीय क्रिकेटमा ग्लेन म्याक्सवेलले रन पछ्याउँदै सर्वाधिक व्यक्तिगत स्कोर बनाएका छन् । उनले पाकिस्तानी ब्याट्सम्यान फखर जमानको दुई वर्ष पुरानो कीर्तिमान तोडे । फखरले सन् २०२१ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै १९३ रनको इनिङ खेलेका थिए ।

४. विश्वकपमा रन चेजमा उच्चतम स्कोर
म्याक्सवेलले विश्वकपको एक खेलमा रन पछ्याउने क्रममा सबैभन्दा ठूलो स्कोर बनाएका छन् । उनले इंग्ल्याण्डका एन्ड्रयु स्ट्रसको कीर्तिमान तोडे । स्ट्रसले सन् २०११ को विश्वकपमा भारतविरुद्ध खेल्दा १५८ रन बनाएका थिए ।

५. एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाका लागि सर्वाधिक व्यक्तिगत स्कोर बनाए, वाट्सनलाई पछाडि छोडे
म्याक्सवेल एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाका लागि सर्वाधिक व्यक्तिगत रन बनाउने ब्याट्सम्यान बनेका छन् । उनले शेन वाट्सनको कीर्तिमान तोडे । वाट्सनले सन् २०११ मा मिरपुरमा बंगलादेशविरुद्ध १८५ रनको अविजित इनिङ खेलेका थिए ।

६. विश्वकपमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने अस्ट्रेलियाली खेलाडी
म्याक्सवेल विश्वकपको एक खेलमा सर्वाधिक रन बनाउने अष्ट्रेलियाका ब्याट्सम्यान बनेका छन् । उनी समग्र सूचीमा तेस्रो नम्बरमा छन् । यो सूचीमा पहिलो नाम न्यूजिल्याण्डका मार्टिन गप्टिलको छ ।

७. विश्वकपमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने ब्याट्सम्यान
ग्लेन म्याक्सवेल विश्वकपमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने ब्याट्सम्यान बनेका छन् । उनले १२८ बलमा दोहोरो शतक पूरा गरे । म्याक्सवेलले वेस्ट इन्डिजका लिजेण्ड क्रिस गेलको कीर्तिमान तोडेका छन् । सन् २०१५ को विश्वकपमा गेलले जिम्बावेविरुद्ध १३८ बलमा दोहोरो शतक र वेस्ट इन्डिजविरुद्ध मार्टिन गप्टिलले १५२ बलमा दोहोरो शतक बनाएका थिए ।

ओडिआईको कुरा गर्दा सबैभन्दा छिटो दोहोरो शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा म्याक्सवेल दोस्रो स्थानमा छन् । यो सूचीमा पहिलो नाम इशान किशनको छ । इशानले यसै वर्ष बंगलादेशविरुद्ध १२६ बलमा दोहोरो शतक बनाएका छन् ।