५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार पनि सुनको मूल्य घटेको छ । सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो । यससँगै, तीन दिनमा सुनको भाउ प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले घटेर एक लाख १४ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार उक्त सुन प्रतितोला एक लाख १५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुजैँयाले घटेर एक हजार तीन सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।