२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा बार्सिलोना पराजित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना युक्रेनी क्लब शाख्तार डोनेस्कसँग १–० गोलले पराजित भएको हो ।

शाख्तारलाई घरेलु मैदानमा जित दिलाउन एकमात्र गोल ड्यानिलो सिकानले गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका हुन् । यो नतिजासँगै समूह एच मा रहेको बार्सिलोनाको ४ खेलबाट ९ अंक छ भने टोली शीर्षस्थानमा छ । डोनेस्क ६ अंकका साथ तेस्रो स्थानमा छ ।

गएराति नै भएको यसै समूहको अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले घरेलु मैदानमा बेल्जियन क्लब एन्टर्पलाई २–० गोलले पराजित गर्यो । पोर्टोका लागि एभानिल्सनले पेनाल्टीमा तथा पेपेले खेल सकिनै लाग्दा इन्जुरी समयमा गोल गरे ।

युर्गेन एकेलेनक्याम्पले ५२ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एन्टर्प १० खेलाडीमा समेटिएको थियो । पोर्टो ४ खेलबाटै ९ अंकका साथ दोस्रो स्थानमा छ भने अंकविहिन रहेको एन्टर्प पुछारमा छ ।