६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपीडितलाई माओवादीको ५० लाख सहयोग



अ+ अ-
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जाजरकोट भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो ।
यसैबीच, सूर्य नेपाल प्रालिले भूकम्प प्रभावितको राहतका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ । सूर्य नेपालका उपाध्यक्ष रवी केसी प्रधानमन्त्री दाहाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । रासस