१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डन ३’ मा प्रियंका चोपडाको इन्ट्री



अ+ अ-

एजेन्सी । डन फ्रेन्चाइजको तेस्रो चलचित्र ‘डन ३’ को तयारी सुरु भएको छ । यस फ्रेन्चाइजीमा शाहरुख खानको स्थानमा रणवीर सिंह डनको भूमिकामा देखिनेछन् ।

अब यो फिल्ममा प्रियंका चोपडाको पनि इन्ट्री भएको छ, जसले २००६ र २०११ को फिल्ममा जंगली बिल्ली (रोमा भगत)को भूमिका निर्वाह गरेकी थिइन् ।

प्रियंका भन्दा पहिले कियारा आडवाणी र कृति सेननलाई कास्ट गरेको खबरहरु आएका थिए, तर रिपोर्टलाई विश्वास गर्ने हो भने अब फरहान अख्तरले अस्सल जंगली बिल्ली प्रियंकालाई साइन गरेका छन् ।

केही समयअघि प्रियंकाले फरहानको फिल्म ‘जी ले जरा’लाई अस्वीकार गरेको खबर आएको थियो ।

स्पटबोयको हालैको रिपोर्ट अनुसार प्रियंका चोपडा डन ३ मा काम गर्न राजी भएकी छिन् । प्रियंका केही समयअघि भारत आएकी थिइन्, त्यसपछि मात्रै उनले फिल्मको बारेमा कुरा गरेकी थिइन् । अब उनी फेरि नयाँ डन रणवीर सिंहसँग जंगली बिल्लीको भूमिकामा देखिनेछिन् ।