काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले जाजरकोट भूकम्पबाट पीडितहरुलाई एक करोड रुपैयाँ राहत सहयोग गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् ।