२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक विपद्पछि देखिने स्वास्थ्य चुनौतिबारे अहिले नै शतर्क हुनुपर्छः डा. बद्री रिजाल



अ+ अ-

काठमाडौं । पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् ।

भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन् । सरकारले अहिले भूकम्पमा परी निधन हुनेहरुको शव व्यवस्थापन र राहत उद्धार कार्य जारी राखेको छ । साथै भूकम्पपछि सोही स्थानलाई केन्द्रबिन्दु बनाइ गएका पराकम्पबाट जोगिन विभिन्न उपायहरुसहित सरकारले उद्धार र राहतका कार्यहरु अघि बढाइरहेको छ । तर भूकम्पपछि आउने जोखिमका लागि आवश्यक रणनीति बनाउनुपर्ने र स्वास्थ्यमा जोड दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले भूकम्पपछि देखिने असरहरुबारे ध्यान राखेर आवश्यक रणनीति तयार पार्नुपर्ने बताउनु भयो ।

उहाँले बालबालिका, वृद्ध र शारीरिक रुपमा अशक्त भएकाहरुलाई अहिले जाडोबाट बचाउनुपर्ने पहिलो प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनु भयो । खानपिन, चिसोबाट बचाउने उपाय र स्वास्थ्यमा विशेष ख्याल गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस्तो विपद्मा, अहिलेको भूकम्प छ, यसबाट देखिने इम्प्याक्टहरु तत्काल र केही समयपछि देखिँदै जान्छ । तुरुन्तै मानिसको जुन क्षति भएको छ भने जुन बाच्नुभएका बच्चा, वृद्ध र शारीरिक अशक्त जो हुनुहुन्छ, उहाँहरुको लागि अहिले चिसोको बेला आइरहेको छ । साथै अरु किसिमका स्वास्थ्य समस्याहरु आउन सक्छन् । खानपिनका कुराहरु, खानपिन राम्रो नभएर झाडा पखाला फैलिएको ठाउँ हो । यी सबै कुरामा ख्याल गरेनौँ भने न्यानो बनाएर बस्नुपर्छ । दुर्घटनाबाट सुरक्षित रहनुभएकालाई स्वास्थ्यको हिसावले सुरक्षित राखिएन भने उपचार मात्रै भनेर हिँड्नु भएन । उपचार पछि तातो र खानपिनलाई ख्याल गर्नुपर्छ । त्यो नगरे पछि अर्को समस्या निम्त्याउन सक्छ । अर्को कुरा हाम्ीले सावधानीका कुरा अपनाउनु पर्छ । कसरी सुरक्षित हुने भन्ने छ भने अर्को समस्यामा परेकोलाई कसरी रेस्क्यु गर्ने भन्ने अर्को कुरा हो । विपद्का बेलामा सबैलाई एजुकेट गरेर टिमवर्कमा नै अघि बढ्नुपर्छ । यस्तो विपद्मा आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्नुपर्छ ।’

प्राकृतिक विपद्पछि झाडापखाला, हैजा जस्ता ठूलो महामारी देखिनसक्ने अवस्थालाई ध्यान दिन आवश्यक रहेको बताउनु भयो । सुरक्षित बासस्थानको अभाव र स्वस्थ खानपिनको अभावका कारण देखिनसक्ने समस्याको सम्बोधनका लागि बेलैमा आवश्यक कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

स्वच्छ खानेपानी नहुनु, उचित बास्थानको अभाव हुनुले विपद्पछिका दिनमा ठूलो समस्या निम्तिएको नेपालको इतिहासबाट पाठ सिकेर सरकार र सबै निकायले एकजुट भइ काम गर्नुपर्नेमा जोड दिनुभयो ।