५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले मंसिर ५ मा यमनसँग घरेलु मैदानमा खेल्दै



अ+ अ-

काठमाडौँ । विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र यमनबीचको खेल काठमाडौँमा मंसिर ५ गते हुने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुई राष्ट्रबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुनेछ ।

यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा कात्तिक ३० गते खेल्नेछ । यमन र यूएईुसँगै नेपाल रहेको समूहमा बहराइन पनि छ । नेपाल र बहराइनबीचको खेल भने मार्च २१ मा दशरथ रंगशालामा हुनेछ ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालाई फाइदा हुने गरी ओमानसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको हो ।

विश्वकप छनोटका लागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइरहेका छन् । जसबाट २३ सदस्य छानिने छ । यस्तै, खेलका लागि टिकटको मुल्य साधारणा प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

दोस्रो चरणको सम्पूर्ण खेलको कमर्सियल एन्ड मिडिया राइट सिगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ ।