• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

वेस्ट इन्डिजका स्टार अलराउन्डर सुनिल नारायणले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



एजेन्सी । वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायणले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् ।

सुनिलले लामो समयदेखि वेस्ट इन्डिजको राष्ट्रिय टोलीमा खेल्ने मौका पाएका थिएनन् । उनले अन्तिम पटक अगस्ट २०१९ मा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

३५ वर्षिय खेलाडीले विश्वभर फ्रेन्चाइजी क्रिकेट खेल्न जारी राख्ने पनि पुष्टि गरेका छन् । यसको मतलब उनी इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिनेछन् ।

सुनीलले आफ्नो पहिलो ओडीआई सन् २०११ मा भारतविरुद्ध खेलेका थिए । उनले सन् २०१२ मा इङ्ल्यान्डविरुद्ध टेस्ट डेब्यू गरेका थिए । सन् २०१२ मा नै अस्ट्रेलियाविरुद्ध टी–२० डेब्यू गरेका थिए । उनले ६ टेस्टमा २१ विकेट लिएका थिए ।

सन् २०१२ मा टेस्ट डेब्यू गरेपछि उनले यस ढाँचामा आफ्नो अन्तिम खेल २०१३ मा खेलेका थिए । सन् २०१२ मा वेस्ट इन्डिजलाई टी–२० विश्वकप जिताउन नारायणले महत्वपूर्ण भूमिका खेलेका थिए ।