१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा प्रदुषणले सीमा नाघ्यो, जोर–विजोर प्रणाली लागू गरिने



अ+ अ-

एजेन्सी । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदूषणलाई ध्यानमा राख्दै केजरीवाल सरकारले जोर–बिजोर प्रणालीलाई पुनः लागू गर्ने निर्णय गरेको छ ।

राजधानीमा नोभेम्बर १३ देखि जोर–बिजोर लागू हुने गरी त्यसलाई २० नोभेम्बरसम्म जारी राखिने समाचारमा जनाइएको छ । दिल्ली सरकारले आज प्रदूषणको मुद्दामा भएको बैठकमा यो निर्णय गरेको हो ।

यस अवधिमा राजधानीमा बीएस३ पेट्रोल र बीएस४ डिजेल कारहरूमा प्रतिबन्ध जारी रहनेछ । गोपाल राईले अब दिल्लीमा कुनै पनि प्रकारको निर्माण कार्य नहुने बताए । ६,७,८,९ र ११ को भौतिक कक्षा नोभेम्बर १० सम्म बन्द रहनेछन् ।