२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटको कीर्तिमानी शतकीय इनिङ्समा भारतले दियो दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । विराट कोहलीको ४९ औं शतकको मद्दतमा भारतले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य दिएको छ । कोलकातामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रन बनायो ।

विराटले १२१ बलमा नटआउट १०१ रनको शतकीय इनिङ खेले । उनले सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने विश्व कीर्तिमानको बराबरी गरेका छन् ।

कोहली आफ्नो जन्मदिनमा विश्वकपमा शतक प्रहार गर्ने भारतका पहिलो र विश्वकै तेस्रो ब्याट्सम्यान बनेका छन् ।

विराट कोहली एकदिवसीयमा सबैभन्दा छिटो ४९ शतक पूरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् । उनले २७७ औं इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । सचिन तेन्दुलकरले ४५१ इनिङ्समा यति धेरै शतक बनाएका थिए ।

पावरप्लेको शुरुवाती ओभरमा भारतीय कप्तान रोहित शर्मा र शुभमन गिलले धमाकेदार ब्याटिङ गरे । दुवैले दक्षिण अफ्रिकाका बलरलाई निरन्तर दबाब दिए ।

रोहित–गिलले ५ ओभरमा ६१ रन बनाएका थिए । टोलीले ६२ रनमा कप्तान रोहित शर्माको विकेट गुमाएको थियो । यहाँ रोहित २४ बलमा ४० रन बनाएर आउट भए । उनलाई कप्तान टेम्बा बाभुमाको हातमा कागिसो रबाडाले क्याच आउट गरेका थिए ।

रोहित आउट भएपछि गिल–कोहलीले रन बनाउने जिम्मा लिए र पावरप्लेमा स्कोरलाई ९० भन्दा माथि पुर्याए । भारतीय टोलीले पहिले १० ओभरमा एक विकेट गुमाएर ९१ रन बनाएको थियो ।

यस्तै श्रेयस अय्यरले ८७ बलमा ७७, सूर्यकुमार यादवले १४ बलमा २२ रन जोड्दा रविन्द्र जडेजा १५ बलमा २९ रनसहित अविजित रहे । दक्षिण अफ्रिकाका लागि लुंगी एनजीडी, मार्को यानसेन, कागिसो रबाडा, केशव महाराज र तवरिज साम्सीले एक–एक विकेट लिए ।

भारतले जारी विश्वकपमा सेमिफाइनलको टिकट काटिसकेको छ ।