४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटको कीर्तिमानी शतकीय इनिङ्समा भारतले दियो दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । विराट कोहलीको ४९ औं शतकको मद्दतमा भारतले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य दिएको छ । कोलकातामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रन बनायो ।

विराटले १२१ बलमा नटआउट १०१ रनको शतकीय इनिङ खेले । उनले सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने विश्व कीर्तिमानको बराबरी गरेका छन् ।

कोहली आफ्नो जन्मदिनमा विश्वकपमा शतक प्रहार गर्ने भारतका पहिलो र विश्वकै तेस्रो ब्याट्सम्यान बनेका छन् ।

विराट कोहली एकदिवसीयमा सबैभन्दा छिटो ४९ शतक पूरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् । उनले २७७ औं इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । सचिन तेन्दुलकरले ४५१ इनिङ्समा यति धेरै शतक बनाएका थिए ।

पावरप्लेको शुरुवाती ओभरमा भारतीय कप्तान रोहित शर्मा र शुभमन गिलले धमाकेदार ब्याटिङ गरे । दुवैले दक्षिण अफ्रिकाका बलरलाई निरन्तर दबाब दिए ।

रोहित–गिलले ५ ओभरमा ६१ रन बनाएका थिए । टोलीले ६२ रनमा कप्तान रोहित शर्माको विकेट गुमाएको थियो । यहाँ रोहित २४ बलमा ४० रन बनाएर आउट भए । उनलाई कप्तान टेम्बा बाभुमाको हातमा कागिसो रबाडाले क्याच आउट गरेका थिए ।

रोहित आउट भएपछि गिल–कोहलीले रन बनाउने जिम्मा लिए र पावरप्लेमा स्कोरलाई ९० भन्दा माथि पुर्याए । भारतीय टोलीले पहिले १० ओभरमा एक विकेट गुमाएर ९१ रन बनाएको थियो ।

यस्तै श्रेयस अय्यरले ८७ बलमा ७७, सूर्यकुमार यादवले १४ बलमा २२ रन जोड्दा रविन्द्र जडेजा १५ बलमा २९ रनसहित अविजित रहे । दक्षिण अफ्रिकाका लागि लुंगी एनजीडी, मार्को यानसेन, कागिसो रबाडा, केशव महाराज र तवरिज साम्सीले एक–एक विकेट लिए ।

भारतले जारी विश्वकपमा सेमिफाइनलको टिकट काटिसकेको छ ।