काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल सुपर ओभरमा गएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाल र ओमानको खेल टाई भएसँगै सुपर ओभरमा गएको हो ।
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन जोड्यो ।