काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।
र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा १८५ रनको लक्ष्य पछ्याएको ओमानले दोस्रो विकेटको रुपमा अकिव इलियासलाई गुमाएको हो ।
उनलाई नेपालका गुलशन झाले आउट पारे । इलियास १९ बलमा ३३ रन जोड्दै पेभिलियन फर्किए । यो खबर लेख्दासम्म ओमान १०.३ ओभरमा २ विकेटको क्षतिमा १०२ रनको स्थितीमा छ ।