१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी टी–२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै



अ+ अ-

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । समूह ‘ए’मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो ।

नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो ।

प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्व कपमा छनोट भइसकेका छन् ।