१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डमाथि बायर्नको सानदार जित, केनले गरे ह्याट्रिक



अ+ अ-

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले चीर प्रतिद्वन्द्वी डर्टमण्डविरुद्ध सहज जित हात पारेको छ ।

गएराति भएको खेलमा बायर्नले डर्टमण्डलाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको हो । बायर्नलाई फराकिलो जित दिलाउन ह्यारी केनले ह्याट्रिक समेत गरे । उनले खेलको ९, ७२ र ९०+३ औं मिनेटमा गोल गरेका हुन् ।

खेलको चौंथो मिनेटमा नै डायोट उपमीकानोको गोलबाट बायर्नले खेलमा अग्रता बनाएको थियो ।

यो नतिजासँगै बायर्न १० खेलबाट २६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ भने डर्टमण्ड समान खेलबाट २१ अंकका साथ चौंथो स्थानमा छ ।