• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

बार्सिलोनाको संघर्षपूर्ण जित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित निकाल्न अन्तिम समयसम्म कुर्नुपरेको थियो । खेल सकिनै लाग्दा इन्जुरी समयमा रोनाल्ड अराओले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।

जितसँगै १२ खेलबाट २७ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा रहँदा पराजित सोसिडाड समान खेलबाट १९ अंकका साथ छैटौं स्थानमा छ ।