२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता इंग्ल्याण्ड विश्वकपबाट बाहिर, अष्ट्रेलियासँग ३३ रनले पराजित



अ+ अ-

एजेन्सी । साविक विजेता इंग्ल्याण्ड यस पटकको एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शनिबार राति सम्पन्न खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित भएसँगै टोलीको विश्वकपको यात्रा समाप्त भएको हो ।

७ खेलमा ६ पराजयपछि इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि बंगलादेश पनि बाहिरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८६ रन बनाएको थियो । मार्नस लाबुसचेनले सर्वाधिक ७१ रन बनाए । लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको टोली ४८.१ ओभरमा २५३ रनमा अलआउट भएको थियो ।

बेन स्टोक्सले ६४ र डेभिड मलानले ५० रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए भने इङ्ल्यान्डका क्रिस वोक्सले ४ विकेट लिए ।