१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत व्यवस्थापन कोषबाट भूकम्प प्रभावित जिल्लामा तत्काल ५/५ करोड पठाइने



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय भएको बताउनुभएको छ ।

शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयो । उहाँले सरकारले घाईतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले घाईते कतिपयलाई स्थानीय अस्पताल र कतिपयलाई आवश्यकता हेरेर सुर्खेत र नेपालगञ्जमा उपचारका लागि पठाइएको बताउनु भयो ।

उहाँले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर रहात वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएको बताउनु भयो । उहाँले भूकम्पका कारण केही सडक अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘घाईतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेका छौँ । अहिले सम्माननीय प्रधानमन्त्रीज्यु त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । उहाँकै निर्देशनमा घाईतेको उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ । कतिपयलाई स्थानीय अस्पतालमै र कतिपय सुर्खेत, कतिपय नेपालगञ्जमा उपचारको व्यवस्था गरेका छौँ । यहाँ पनि हामीले ट्रमा सेन्टर लगायत कतिपय ठाउँमा आवश्यक परे उपचारका लागि तयार गरेका छौँ । सर्च, रेस्क्यु र रिलिफलाई बनाएका छौँ । त्यसअन्तर्गत हामीले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्ज बनाउने भनेर त्यहाँ आवश्यक जनशक्ति, सरसामग्री र अरु सबै आवश्यक व्यवस्थापन त्यहाँबाट हुने केन्द्र आधार निर्माण गरेका छौँ ।

स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी त्यहाँ जानुभएको छ । अन्य आवश्यक परे स्वास्थ्य मन्त्रालयले तत्काल व्यवस्था गर्ने निर्णय गरिएको छ । शव व्यवस्थापनको लागि विशेष टिम गइसकेको छ । थप म्यानपावर पठाउँदै छौँ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । तीन प्रदेशकै सरकारसँग समन्वय गरेर काम गरिरहेका छाँै । राहत व्यवस्थापन कोषबाट ५÷५ करोड तत्काल पठाउने निर्णय भएको छ ।

राहतका काम एकद्वारा प्रणालीबाट पठाउने निर्णय गरेका छौँ । भूकम्पका कारण केही सडक अवरुद्ध भएको छ, त्यसलाई खुलाउन सडक विभागले आज नै सम्पूर्ण सडक खुलाउनेछ । आजको आवश्यकताअनुसार हेरेर आजको सामग्री खानेकुरा, कम्बलहरु लैजान निर्देशन दिइएको छ । विदेशी देशले पनि सहयोगको लागि तयार भएको बताएको छ ।’

उहाँले आजको आवश्यकताअनुसार हेरेर राहत सामग्री थप पठाइएको र सुरक्षा दल पनि पठाइएको बताउनु भयो ।