१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितलाई कांग्रेसको ५० लाख सहयोग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकारको राहत कोषमा तत्काल ५० लाख सहयोग रुपैयाँ सहयोग गर्ने भएको छ ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।

कांग्रेसले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको जनाएको छ ।

कांग्रेसल यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न सबैमा अपील गरेको छ ।