१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कोशी सरकारबाट बाहिरिने



file photo
अ+ अ-

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरुलाई मन्त्री नियुक्त गरेपछि एमाले प्रदेश सरकारबाट बाहिरिने भएको हो ।

सरकारमा एमालेका रामबहादुर राना मन्त्री रहेका छन् । यसअघि नै एमालेले कांग्रेस बाहेक अन्य दलहरुलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो ।

मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका गणेशप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् ।

एमाले ३० र कांग्रेसमा ८ सांसदहरुको समर्थनमा केदार कार्की असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।