• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

वर्षको अन्तिम कारोबारको दिन नेप्से हालसम्मकै उच्च विन्दुमा, रू. ७ अर्ब बढीको शेयर कोरोबार



काठमाडौं । यस वर्ष "२०७७ साल" को अन्तिम दिन नेप्से २३.२३ अंक बढेर २ हजार ७१४.७९ विन्दुमा पुगेको छ । यो दिन बजार ०.८६ प्रतिशत बढेर बन्द भएको हो । 

यता, सेन्सेटिभ इन्डेक्स पनि १.२५ प्रतिशत बढेर ४८६.२८ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ५ .९९ अंकले बढेको हो । यस दिन २ हजार ६९८.०७ विन्दुदेखि खुलेको बजार २ हजार ६८८ विन्दुसम्म झरेको थियो ।

मंगलबार नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेर शेयरधनीहरुमा सकारात्मक छाप छोड्न सफल भएको छ । गत वर्षको चैत ९ गतेको नेप्से परिसूचक र हालको नेप्से परिसूचकलाई तुलना गर्दा यो एक वर्षमा १ हजार ४६३.३४ अंकले माथि उक्लिएको छ । गत वर्षको चैत ९ गते नेप्से परिसूचक १ हजार २५१ दशमलव ४५ विन्दुमा थियो । 

मंगलबार २०९ ओटा कम्पनीको ७६ हजार ९४ पटकको व्यापारमा रू. ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार बराबरको शेयर कारोबार भएकोमा १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर कारोबार भएको हो । 

यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशत बढेको छ भने बैंकिङ समूहको २.३ प्रतिशत बढेको छ । त्यस्तै व्यापारिकको १.७९ प्रतिशत, जलविद्युतको १.२३ प्रतिशत, वित्तको ०.२८ प्रतिशत र म्युचअल फण्डको ०.४३ प्रतिशत परिसूचक बढेको छ । 

यो दिन एनआईसी एशिया लघुवित्त वित्तीय संस्थासहित पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । एनआईसी एशिया लघुवित्तको सबैभन्दा बढी ९.९७ प्रतिशत, माउण्टेन इनर्जी नेपालको ९.८९ प्रतिशत, ज्योति लाईफ इन्स्योरेन्सको ९.८३ प्रतिशत , सिन्धु विकास बैंकको ९.८२ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९.८० प्रतिशत शेयरमूल्य बढेको हो । 

मंगलबारको बजारबाट होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत घटेको हो । 

त्यस्तै निर्जीवन बीमाको ०.६५ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, अन्यको ०.३६ प्रतिशत, लघुवित्तको ०.२७ प्रतिशत, जीवन बीमाको ०.२९ प्रतिशत र लगानी समूहको ०.४५ प्रतिशत परिसूचक घटेको छ । 

नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन लक्ष्मी लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य भने ४ प्रतिशतभन्दा बढीले घटेको छ । दुबै कम्पनीको शेयरमूल्य ४.२७ प्रतिशतले घटेको हो ।

यो दिन सबैभन्दा बढी नबिल बैंकको शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. २८ करोड ६२ लाख ६० हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि २.३७ प्रतिशतले बढेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ३८० कायम भएको छ ।