३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने

वर्षको अन्तिम कारोबारको दिन नेप्से हालसम्मकै उच्च विन्दुमा, रू. ७ अर्ब बढीको शेयर कोरोबार

वर्षको अन्तिम कारोबारको  दिन नेप्से हालसम्मकै उच्च विन्दुमा, रू. ७ अर्ब बढीको शेयर कोरोबार
अ+ अ-

काठमाडौं । यस वर्ष "२०७७ साल" को अन्तिम दिन नेप्से २३.२३ अंक बढेर २ हजार ७१४.७९ विन्दुमा पुगेको छ । यो दिन बजार ०.८६ प्रतिशत बढेर बन्द भएको हो । 

यता, सेन्सेटिभ इन्डेक्स पनि १.२५ प्रतिशत बढेर ४८६.२८ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ५ .९९ अंकले बढेको हो । यस दिन २ हजार ६९८.०७ विन्दुदेखि खुलेको बजार २ हजार ६८८ विन्दुसम्म झरेको थियो ।

मंगलबार नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेर शेयरधनीहरुमा सकारात्मक छाप छोड्न सफल भएको छ । गत वर्षको चैत ९ गतेको नेप्से परिसूचक र हालको नेप्से परिसूचकलाई तुलना गर्दा यो एक वर्षमा १ हजार ४६३.३४ अंकले माथि उक्लिएको छ । गत वर्षको चैत ९ गते नेप्से परिसूचक १ हजार २५१ दशमलव ४५ विन्दुमा थियो । 

मंगलबार २०९ ओटा कम्पनीको ७६ हजार ९४ पटकको व्यापारमा रू. ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार बराबरको शेयर कारोबार भएकोमा १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर कारोबार भएको हो । 

यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशत बढेको छ भने बैंकिङ समूहको २.३ प्रतिशत बढेको छ । त्यस्तै व्यापारिकको १.७९ प्रतिशत, जलविद्युतको १.२३ प्रतिशत, वित्तको ०.२८ प्रतिशत र म्युचअल फण्डको ०.४३ प्रतिशत परिसूचक बढेको छ । 

यो दिन एनआईसी एशिया लघुवित्त वित्तीय संस्थासहित पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । एनआईसी एशिया लघुवित्तको सबैभन्दा बढी ९.९७ प्रतिशत, माउण्टेन इनर्जी नेपालको ९.८९ प्रतिशत, ज्योति लाईफ इन्स्योरेन्सको ९.८३ प्रतिशत , सिन्धु विकास बैंकको ९.८२ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९.८० प्रतिशत शेयरमूल्य बढेको हो । 

मंगलबारको बजारबाट होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत घटेको हो । 

त्यस्तै निर्जीवन बीमाको ०.६५ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, अन्यको ०.३६ प्रतिशत, लघुवित्तको ०.२७ प्रतिशत, जीवन बीमाको ०.२९ प्रतिशत र लगानी समूहको ०.४५ प्रतिशत परिसूचक घटेको छ । 

नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन लक्ष्मी लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य भने ४ प्रतिशतभन्दा बढीले घटेको छ । दुबै कम्पनीको शेयरमूल्य ४.२७ प्रतिशतले घटेको हो ।

यो दिन सबैभन्दा बढी नबिल बैंकको शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. २८ करोड ६२ लाख ६० हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि २.३७ प्रतिशतले बढेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ३८० कायम भएको छ ।