४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोक्रामा सुतेका शिशु मार्नेलाई माफी दिइन्न’



अ+ अ-

काठमाडौँ : नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले कोक्रामा सुतेका शिशुको हत्या गर्ने अतिवादी समूह हमासलाई इजरायल सरकारले कदापि क्षमा नदिने दृढता व्यक्त गर्दै जस्तोसुकै मूल्य चुकाएर भए पनि उक्त समूहलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आतङ्कवादी समूह हमासले गत असोज २० गते इजरायलमा गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनमा आज उहाँले आफ्नै निवासमा आयोजना गर्नुभएको स्मृतिसभामा अरुको सहाराबिना एक पाइलो हिँड्न नसक्ने ज्येष्ठ एवं असक्त नागरिक, गर्भवती, कोक्रामा सुतेका अवोध शिशुको हत्या गर्नेलाई आफ्नो देशको सरकारले जस्तोसुकै मूल्य चुकाएर भए पनि कारबाही गरेरै छाड्ने बताउनुभयो ।

“हामी शान्ति चाहन्छौँ, हमासबाहेक गाजा क्षेत्रका हाम्रा दाजुभाइलाई हामी सैनिक आक्रमणको सिकार बनाउन चाहँदैनौँ, त्यहाँबाट तत्काल अन्यत्र जान अनुरोध गरेका छौँ । हाम्रो अनुरोधअनुसार गाजालगायत द्वन्द्व अतिप्रभावित प्यालेष्टिनी भूमिबाट आठ लाख मानिस सुरक्षित स्थानतर्फ गएका छन्”, हमासले आत्मसमर्पण गरेमा मात्र सैनिक कारबाही रोकिने बताउँदै राजदूत गोडेरले भन्नुभयो ।

इजरायलमाथि गरिएको आतङ्कवादी हमलाका क्रममा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीसहित सबै दुई सय ४० जनालाई निःशर्त रिहा गर्न राजदूत गोडेरले आग्रह गर्नुभयो ।

हमाससँग युद्धविराम गर्न इजरायल तयार रहेको तर त्यसो गर्दा अर्को अतिवादी समूह हेजबुल्लाहले आक्रमण गर्ने जोखिम उत्तिकै रहेको र हमासले पनि शक्ति सञ्चय गरी निर्दोष नागरिकलाई मार्ने भएकाले उक्त समूहलाई विश्वास गर्न सक्ने आधार नभएको बताउनुभयो । हमासलाई परास्त गर्न एक हजार चार सय इजरायली सुरक्षाकर्मीले प्राणको आहुति दिएका बताउँदै विश्वका ५७ देशले इजरायललाई तारो बनाएकामा दुःख व्यक्त गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले संसारका जुनसुकै भागमा हुने आतङ्कवादी हमलाको नेपालले सधैँ निन्दा गर्दै आएको र आतङ्कवादका जुनसुकै रुप र प्रकटीकरणका विरुद्धमा नेपाल रहेको स्पष्ट गर्नुभयो ।

सभामा हमासको आक्रमणबाट ज्यान बचाएर स्वदेश फर्किएका तीन जना विद्यार्थीले असोज २० गते आफूले भोगेको त्रासदीको वर्णन गरेका थिए । सभामा दिवङ्गत नेपाली सम्झनामा मैनबत्ती बालिएको थियो ।