• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह ★   सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत प्रगति ★   भारतीय फुटबल महासंघले प्रशिक्षक इगोरलाई बर्खास्त गर्यो ★   लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा ★   साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे ★   मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण ★   आज पनि बजेटमा मन्त्रालयगत छलफल जारी ★   इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग ★   युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी ★   ४ ओभर, ४ मेडन र ३ विकेटः न्युजिल्यान्डका बलरले टी-२० विश्वकपमा रचे इतिहास

सरकारकै कारण सदन प्रभावकारी हुन सकेन: एमाले



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सदनको यो अधिवेशन निराशाजनक रहेको टिप्पणी गरेका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन प्रभावकारी बन्न नदिएको आरोप लगाए।

सदनको काम प्रभावकारी नहुनुमा सरकारको दृष्टिकोण र गतिविधिहरू जिम्मेवार रहेको ठहराउँदै उनले भने, ‘सदन किन र कसका कारणले प्रभावकारी हुन सकेन ? चर्चा हुन्छ सांसद्, सभाको कारणले प्रभावकारी हुन सकेन । तर, तथ्यले त्यस्तो भन्दैन । सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो । सरकारको दृष्टिकोण र सरकारका गतिविधिहरू जिम्मेवार छन् ।’

उपाध्यक्ष पौडेलले सरकारले अपराधी र तस्करीलाई दण्डित गराउनको लागि कुनै कदम नचालेको आरोप लगाए । एमालेले सदन अवरोध नगरेको भए सुन तस्करीको छानबिन गर्न आयोग नबन्ने बताउदै उनले भने,’सरकारले तस्करीलाई कारबाही गर्नको लागि प्रतिपक्षले उठाएको जायज मागलाई लामो समयसम्म सुनेन । हामीले सदन अवरोध नगरेको भए सुन तस्करीको विषयमा जुन जाँच आयोग बन्यो त्यो बन्दैनथ्यो । अहिले पनि भेपमा भएको तस्करीबारे भएको साढे ९ किलो भनिएको त्यो सुन कहाँ छ ? यसरी तस्करी भएको सुनलाई समेत राज्यकोषमा दाखिल गर्न नसक्ने अवस्थामा सरकार छ ।’