२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारकै कारण सदन प्रभावकारी हुन सकेन: एमाले



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सदनको यो अधिवेशन निराशाजनक रहेको टिप्पणी गरेका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन प्रभावकारी बन्न नदिएको आरोप लगाए।

सदनको काम प्रभावकारी नहुनुमा सरकारको दृष्टिकोण र गतिविधिहरू जिम्मेवार रहेको ठहराउँदै उनले भने, ‘सदन किन र कसका कारणले प्रभावकारी हुन सकेन ? चर्चा हुन्छ सांसद्, सभाको कारणले प्रभावकारी हुन सकेन । तर, तथ्यले त्यस्तो भन्दैन । सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो । सरकारको दृष्टिकोण र सरकारका गतिविधिहरू जिम्मेवार छन् ।’

उपाध्यक्ष पौडेलले सरकारले अपराधी र तस्करीलाई दण्डित गराउनको लागि कुनै कदम नचालेको आरोप लगाए । एमालेले सदन अवरोध नगरेको भए सुन तस्करीको छानबिन गर्न आयोग नबन्ने बताउदै उनले भने,’सरकारले तस्करीलाई कारबाही गर्नको लागि प्रतिपक्षले उठाएको जायज मागलाई लामो समयसम्म सुनेन । हामीले सदन अवरोध नगरेको भए सुन तस्करीको विषयमा जुन जाँच आयोग बन्यो त्यो बन्दैनथ्यो । अहिले पनि भेपमा भएको तस्करीबारे भएको साढे ९ किलो भनिएको त्यो सुन कहाँ छ ? यसरी तस्करी भएको सुनलाई समेत राज्यकोषमा दाखिल गर्न नसक्ने अवस्थामा सरकार छ ।’

 




भर्खरै