२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ ग्यास्ट्रो सर्जन तथा कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारीले बाढीपीडितको सहयोगार्थ रकम जुटाउन सांगीतिक कन्सर्ट आयोजना गरेका छन्।

काठमाडौंको ठमेलस्थित क्लब नोभामा शनिबार साँझ आयोजित लाइभ कन्सर्टको नाम ‘धन्यवाद’ राखिएको थियो। बाढी तथा विपत्तिका बेला अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरीलगायत उद्धारमा संलग्न सुरक्षाकर्मी तथा उद्धारकर्ताको योगदानको कदर गर्दै कन्सर्ट आयोजना गरिएको भण्डारीले बताए।

कन्सर्टमा भण्डारीले आफ्ना सिर्जना तथा विभिन्न लोकप्रिय कभर गीत गरी करिब २० वटा गीत प्रस्तुत गरेका थिए। चिकित्सा पेसासँगै संगीतमा समेत सक्रिय भण्डारीले सांगीतिक प्रस्तुतिमार्फत विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए।

कन्सर्टका लागि बिक्री भएका टिकटबाट संकलित सम्पूर्ण रकम सरकारको दैवी प्रकोप कोषमा जम्मा गरिने उनले जानकारी दिए। विपत्तिका बेला राज्यका विभिन्न निकाय र उद्धारकर्ताले गरेको योगदानप्रति सम्मान व्यक्त गर्दै पीडितको राहतमा आफूले पनि आफ्नो क्षेत्रबाट सहयोग गर्न खोजेको उनको भनाइ छ।

करिब १८ वर्षदेखि चिकित्सा पेसामा आबद्ध प्रा.डा. भण्डारी पछिल्लो समय चिकित्सकीय सेवासँगै संगीतमा पनि सक्रिय छन्। उनका विभिन्न शीर्षकमा गीतहरू यसअघि नै सार्वजनिक भइसकेका छन्।

चिकित्सकको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई समेत अघि बढाउँदै उनले बाढीपीडितका लागि आयोजना गरेको सांगीतिक कार्यक्रमले मनोरञ्जनसँगै मानवीय सहयोगको सन्देश दिएको छ।