२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलेशालाई प्रधानमन्त्री दाहालको बधाइ



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्धनलाई बुधबार बधाइ दिएका छन् ।

प्रधानमन्त्री दाहालले पलेशालाई सिंहदरबारमा भेटी बधाइ दिएका हुन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रधानमन्त्री दाहालले बधाइ दिए थिए ।

पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि कांस्य पदक जितेकी थिइन् । पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो पदक हो ।

भेटका अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थित रहेको थियो ।