२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी कक र डुसेनको शतकमा न्युजिल्याण्डसामु अफ्रिकाको विशाल लक्ष्य



अ+ अ-

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकपमा क्विन्टन डी कक र रासी भान डर डुसेनको शतकीय एनिङ्सको मद्दतले दक्षिण अफ्रिकाले न्युजिल्याण्डसामु ३ सय ५८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टोलीले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको हो ।

डी ककले १ सय १४ रनको शानदार पारी खेले । उनले ११६ बलमा १० चौका र ३ छक्का हिर्काए । यो विश्वकपमा उनी ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यो विश्वकपमा उनको यो चौथो शतक हो ।

त्यस्तै, डुसेनले ११८ बलमा १ सय ३३ रन बनाए । उनले ९ चौका र ५ छक्का हिर्काए । यस्तै डेभिड मिलरले आक्रामक पारी खेल्दै ३० बलमा ५३ रन बनाए । कप्तान टेम्बा बाभुमाले २४ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टिम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए ।