२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर ब्यूरो जाने तयारीमा सन्दीप लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने साइबर ब्यूरो जाने भएका छन् । एक सार्वजनिक टेलिभिजन कार्यक्रममा आफूबारे दिइएको अभिव्यक्तिलाई लिएर लामिछाने नेपाल प्रहरीको साइबर ब्यूरो जाने भएका हुन् ।

गत शनिबार नेपाल नेटवर्क टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भएको ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा अतिथिका रूपमा आएकी सावित्रा सुवेदी ‘जयनारी’ले लामिछानेलाई ‘वध गर्नुपर्ने’ अभिव्यक्ति दिएकी थिइन् ।

कार्यक्रम प्रस्तोता बिक्की अग्रवालले लामिछानेको फोटो देखाएपछि सावित्राले उनीमाथि गम्भीर टिप्पणी गर्दै ‘वध गर्नुपर्ने’ सम्मको अभिव्यक्ति दिएकी थिइन् ।

बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्ने, व्यक्तिको मानमर्यादा गिराउने र वध गर्नुपर्ने भन्ने जस्तो गम्भीर अभिव्यक्ति टेलिभिजन कार्यक्रममा सामान्य तरिकाले टिप्पणी गरिएको भन्दै कानूनी उपचार खोज्‍ने सन्दीपको तयारी छ ।

कार्यक्रमका निर्माता, प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्नेविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको सन्दीप निकटस्थ स्रोतले जनाएको छ ।

 




भर्खरै