९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा रु ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र रु ३४ करोड ३० लाख बढीको कारोबार भएको छ ।

गत माघमा रु एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा रु दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोबार भएको छ । 

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ । माघमा मात्र रु एक खर्ब ७२ अर्ब चार करोड ६० लाख बढीको कारोबार भएको छ । गत माघमा रु एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र रु आठ अर्ब १७ करोड ६० लाख बढीको कारोबार भएको छ । 

यसैगरी माघमा मोबाइल बैकिङमार्फत रु ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा रु ३८ अर्ब ५९ करोड बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत रु आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत रु १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत रु नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ । 

यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट रु ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा रु दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा रु ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।