• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   समृद्ध नेपाल निर्माण गर्ने महाअभियान शुरु भएको छ: मन्त्री शर्मा ★   नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने ★   आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै ★   मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   बाल अनुदान बढाउन मन्त्री चौधरीको जोड ★   सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ: प्रधानमन्त्री

अमेरिकामा हेलोवीन मनाइँदै – फोटोफिचर



अमेरिका । अमेरिकामा ‘भूतको जात्रा’ अर्थात हेलोवीन पर्व मनाइदै छ ।

भूतको पहिरनमामा सजिएर बालबालिकादेखि बुढापाकासम्मले हेलोवीन मनाउँदैछन् । यो पर्व हरेकवर्ष अक्टोबर ३१ मा मनाउने गरिन्छ ।

हेलोवीन पर्व अमेरिका, बेलायत, आरल्याण्ड, फ्रान्स लगायतका देशमा प्रचलित छ ।

खानाको अभावमा मारिनेहरुको आत्मालाई खुवाउन भूतको जात्रा निकालिने प्रचलन सुरु भएको मान्यता छ ।अर्कातर्फ जिवित मान्छेलाई लिनका लागि मृतात्माहरु आउने भन्दै भूतलाई भगाउनका लागि भूतजस्तै बनेर हल्लाखोर मच्चाउने र सक्कलीभूतलाई भगाउने किम्बदन्तीपनि भूतजात्रासंग जोडिएको छ । अर्कातर्फ भूतजात्राको अवशरमा भूतजस्तै बनेर मान्छेहरु घरघरमा खाना माग्न जाने प्रचलन रहेको छ ।

नोभेम्बर १ तारिखको दिन निकालिने भूतजात्रामा ज्यान गुमाएका बच्चाको सम्मान र नोभेम्बर २ मा निकालिने भूतजात्रामा ज्यान गुमाएका जवानहरुको सम्मान गर्ने प्रचलन रहदै आएको छ । यो भूतजात्रालाई मृतकहरुको दिवसका रुपमा समेत मनाइन्छ ।

भूतात्माहरुले आफ्नो घरमा फर्केर आफन्तहरुलाई भेट्ने विश्वास कायम रहेकाले पुर्खाको सम्मानमा भूतका आकृति बनाएर घरघरमा राख्ने प्रचलन छ ।

भूतात्माहरुलाई आफ्नो घर फेलापार्न सजिलो होस् भनेर ज्यान गुमाएकाहरुले प्रयोग गर्ने सामानहरु घरबाहिर छरेर राख्ने प्रचलन समेत रहेको छ ।