२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छः अध्यक्ष नेपाल



file photo
अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताउनुभएको छ ।

मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताउनुभएको हो । उहाँले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताउनु भयो । यद्यपी सो विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने स्पष्ट पार्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसदमा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गर्नुभएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा नेपालकै पहलकदमीमा यो विषयलाई टुंग्याउनुपर्छ । पर्यावरणको समस्यालाई पनि उहाँले प्रत्यक्ष रुपमा आफूले देखेको, अनुभुत गरेको कुरा बताउनुभएको छ । त्यसले विश्वको ध्यान आकर्षित गर्छ भन्ने लाग्दछ । यस्तो कुरामा नेपाल जस्तो देशको कुनै भुमिका छैन । विकसित देशहरुले, सम्पन्न देशहरुले यसको जिम्मेवारी बोक्नुपर्दछ भन्ने बताउनुभयो । विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गर्नुभयो ।

लुम्बिनी, सगरमाथा र अन्नपूर्ण को भ्रमण गर्न ठाउँ चयन गर्नुले उहाँको नेपाल प्रतिको निकटता, आत्मियता व्यक्त हुन्छ । गौरववान्वित तुल्याएको छ । खुशी छौँ । शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थनको हामी अपेक्षा गर्दछौँ । विश्व समुदायले आवश्यक सहयोग गर्नुपर्ने हुन्छ । तर मुख्यत्ः हाम्रो पहलमा, हाम्रो योजनामा, हाम्रो तत्परतामा हल हुने कुरा हो ।’

अध्यक्ष नेपालले महासचिव गुटरेसले नेपालप्रति निकटता र आत्मियता देखाएको पनि बताउनु भयो ।