• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते ★   संसद बैठकमै माननीयज्युहरु घ्वाँरघ्वाँर निदाउनुहुन्छ: उपसभामुख राना ★   संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो: सभामुख घिमिरे ★   प्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि थपिए ★   लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ ★   ‘कतिबेला बास उठ्ने हो थाहा छैन’ ★   पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल ★   नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते ★   ‘मीरा: स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै ★   टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ?

अर्नाको प्रोत्साहनः बलिङतर्फ अविनाश र ब्याटिङमा कुशलले पाए सर्वाधिक रकम



काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा मलेसियालाई हराउँदै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । यसैबीच यस खेलबाट बलर अविनाश बोहोराले सबैभन्दा धेरै रकम पाउने भएका छन् । मलेसियाविरुद्ध बलिङ गर्नेक्रममा अविनाश बोहोराले ४ विकेट लिँदै ५ डट बल फ्याँकेका थिए । यसअनुसार बोहोराले १ लाख ५ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, अर्धशतकीय इनिङ्स खेलेका ब्याट्सम्यान कुशल मल्लले ७ छक्का र २ चौकासहित ६५ रन जोडे । यसक्रममा उनले अर्नाबाट २ लाख २५ हजार रुपैयाँ पाउनेछन् ।

विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ, प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ दिने उद्घोष गरेको थियो । साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने बताएको थियो ।

यस्तै, बलरले प्रतिविकेट २५ हजार रुपैयाँ पाउँछन् भने फिल्डरले समेत प्रति क्याच २५ हजार र प्रति रन आउटमा समेत २५ हजार रुपैयाँका दरले प्राप्त गर्नेछन् ।