• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट



काठमाडौं । टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । आक्रमक ब्याटिङ गरिरहेका भुर्तेल २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दैै ४३ रन बनाउदै आउट भए ।

पहिलो विकेटको लागि भुर्तेल र आसिफ शेखले ५.२ ओभरमा ४९ रनको साझेदारी गरेका छन् ।

मलेसियाले नेपाललाई जितको लागि एक सय ६६ रनको लक्ष्य दिएको छ ।