१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन जोड्यो । उसका लागि सायद अजिजले सर्वाधिक ६८ रन बनाए । ४९ बल खेलेका उनले ८ चौका र २ छक्का हिर्काए ।

यस्तै, जुवाईदी जुलकिफ्लेले १६ बलमा २४ रन, सार्भिन मुनीयान्दीले १२ बलमा १३ रन तथा विजय उन्नी १३ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि अभिनास बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले एक–एक विकेट लिए ।