२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन जोड्यो । उसका लागि सायद अजिजले सर्वाधिक ६८ रन बनाए । ४९ बल खेलेका उनले ८ चौका र २ छक्का हिर्काए ।

यस्तै, जुवाईदी जुलकिफ्लेले १६ बलमा २४ रन, सार्भिन मुनीयान्दीले १२ बलमा १३ रन तथा विजय उन्नी १३ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि अभिनास बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले एक–एक विकेट लिए ।