७ भाद्र २०८३, आईतवार
,
Latest
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको सुदृढ प्रदर्शन, श्रीलंका सात विकेटले पराजित



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत भारतको पुणेमा आज भएको दिवारात्रि खेलमा अफगानिस्तानले श्रीलंकालाई सात विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

श्रीलंकाले जितका लागि प्रस्तुत गरेको २४२ रनको मध्यम लक्ष्य अफगानिस्तानले पाँच ओभर अघि नै तीन विकेट गुमाएर पूरा गरेको थियो ।

यस विश्वकपका पछिल्ला खेलहरुमा सुदृढ खेल प्रदर्शन गरिरहेको अफगानिस्तानका लागि अज्मातुल्लाह ओमरजाईले ७३, कप्तान हस्मातुल्लाह शाहिदीले ५८, रहमत शाहले ६२ र इब्राहिम जड्रानले ३९ रन बनाएका थिए ।

यसअघि टस जितेर अफगानिस्तानले श्रीलंकालाई ब्याटिङको निम्तो दिएको थियो । अफगान बलिङ र फिल्डिङ चुस्त थियो, र श्रीलंकाली ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेका थिएनन् ।

श्रीलंकाका लागि पथुम निस्सान्काले ४६, कुसल मेन्डिसले ३९, सदिरा समरविक्रमाले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान सस्तैमा पवेलियन फर्केका थिए ।

श्रीलंकाको इनिङ ध्वस्त पार्नेक्रममा अफगानी बलरहरु फजलहक फारुकीले ४, मुजीब उर रहमानले २, अज्मातुल्लाह ओमरजाई र रशिद खानले समान एकएक विकेट लिएका थिए ।

यो जितसँगै अफगानिस्तानले ६ खेलबाट ६ अंक सहित पाँचौं स्थानमा छ भने श्रीलंकाले ६ खेलबाट ४ अंक सहित छैटौं स्थानमा छ ।

पहिलो स्थानमा १२ अंक सहित भारत, दोस्रोमा दक्षिण अफ्रिकाको १०, तेस्रोमा न्युजील्यान्डको ८ तथा चौथो स्थानमा रहेको अस्ट्रेलियाको पनि ८ अंक छ ।