• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

भारतमा रेल दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु



भारतमा रेल दुर्घटना (ANI)

भारतको आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

इस्ट कोस्ट रेलवेका सम्पर्क अधिकारी विश्वजित साहुले दुई रेल एकआपसमा जुधेर दुर्घटना भएको जानकारी दिए । यस दुर्घटनामा मृत्यु भएकाको पहिचान भइसकेको पनि उनले बताए ।

विशाखापटनम–पलासा यात्रुबाहक रेल र विशाखापटनम–रगडा यात्रुबाहक रेल एकआपसमा जुधेका थिए ।

रेल दुर्घटनाका कारण कम्तीमा १८ वटा रेलसेवा अबरुद्ध भएको र अरु २२ वटा रेललाई अन्यत्र मोडिएको पनि साहुले जानकारी दिए ।

घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगन रेड्डीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् । एजेन्सी