२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा रेल दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु



भारतमा रेल दुर्घटना (ANI)
अ+ अ-

भारतको आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

इस्ट कोस्ट रेलवेका सम्पर्क अधिकारी विश्वजित साहुले दुई रेल एकआपसमा जुधेर दुर्घटना भएको जानकारी दिए । यस दुर्घटनामा मृत्यु भएकाको पहिचान भइसकेको पनि उनले बताए ।

विशाखापटनम–पलासा यात्रुबाहक रेल र विशाखापटनम–रगडा यात्रुबाहक रेल एकआपसमा जुधेका थिए ।

रेल दुर्घटनाका कारण कम्तीमा १८ वटा रेलसेवा अबरुद्ध भएको र अरु २२ वटा रेललाई अन्यत्र मोडिएको पनि साहुले जानकारी दिए ।

घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगन रेड्डीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् । एजेन्सी