२६ श्रावण २०८३, मंगलवार
,
Latest
आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको माग बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ? कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ



अ+ अ-

काठमाडौँ। बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिमराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा बैङ्किङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट आज पक्राउ गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

निजलाई थप अनुसन्धान र कारबाहीका लागि इप्रका नवलपुर पठाउने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । रासस