• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सिंगापुरविरुद्धको खेलमा कुशल भुर्तेलले १ लाख ९४ हजार पाउने !



काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हरायो । टीयू क्रिकेट मैदानमा भएको खेलमा आक्रमक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेलल १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ, प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ दिने उद्घोष गरेको थियो । साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने बताएको थियो ।

अर्नाको उद्घोष अनुसार भुर्तेलले कुल १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । उनले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए । उनले ८ चौका प्रहार गर्दा १० हजारका दरले ८० हजार र २ छक्काबाट २० हजारका दरले ४० हजार पाउनेछन् । यस्तै, प्रति रनबाट १ हजारका दरले ७४ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहितले ९५ हजार रुपैयाँ पाउने भएका छन् । उनले २ चौका र २ छक्कासहित ३५ रन बनाए । २ छक्का र १ चौकाको सहयोगमा २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् । उनले एक छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।

यस्तै, बलरतर्फ अभिनास बोहोराले सबै भन्दा धेरै कमाएका छन् । उनले ८४ हजार कमाएका छन् । अर्नाले बलरलाई प्रत्येक विकेटमा २५ हजार र प्रति डटबलमा एक हजार रुपैयाँ दिने उद्घोष गरेको थियो । सिंगापुरविरुद्धको खेलमा अभिनास बोहोराले सर्वाधिक तीन विकेट लिएका थिए । यस्तै, उनले ९ डटबल फालेका छन् ।

त्यसैगरी, सन्दीप लामिछाने र गुल्सन झाले समान ६३ हजार पाउने भएका छन् । उनीहरुले समान दुई/दुई विकेट लिँदै समान १३/१३ डट बल फालेका थिए । यस्तै, करन केसीले २ विकेट र ११ डट बलसहित ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउने भएका छन् ।

अर्नाको उद्घोष अनुसार ब्याटिङतर्फका खेलाडिले कुल ३ लाख ९२ हजार रुपैयाँ र बलिङतर्फ २ लाख ८४ हजार पाउनेछन् । अब नेपालले दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।