८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी भन्दै अधिकारकर्मी सडकमा ,२७ जना गिरफ्तार

हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी भन्दै अधिकारकर्मी सडकमा ,२७ जना गिरफ्तार
अ+ अ-

काठमाडाैं । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री  बनाई संसदको गरिमा जोगाउन आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

२०८० कार्तिक १२ गते दिउँसो संसद भवन ३ नम्बर गेट अगाडि नयाँ बानेश्वरमा भएको प्रदर्शनमा  नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर्न, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै प्रदर्शन भएको हो ।

१ बजे प्रशर्दन शुरु हुने कार्यक्रम रहेको तर १० मिनेट अगावै जम्मा हुने क्रममा प्रहरीले गिरफ्तार गरेको हो । प्रदर्शनबाट संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत अधिकारकर्मीहरु कल्याण बुढाथोकी ( द्वन्द पिडित साझा चौतारकिा का.वा. अध्यक्ष), जगन्नाथ पुडासैनी, विकास थापा, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, सुन्दरराज पुडासैनी, नानीकाजी गिरी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, तुलसीराम भण्डारी,  दुर्गा सापकोटा, नानीकाजी प्याकुरेल, वुद्ध रिसाल, नवराज चापागाई, भोलानाथ चालीसे, शिवकुमार बुढाथोकीसहित २७ जनालाई गिरफ्तार गरि बानेश्वर प्रहरी वृत्त तिनकुनेमा राखेको छ ।

प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर, पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउः संसदको गरिमा जोगाउ, MAOIST USED CHILDREN AS  SOLDIERS- THAT WAS A WAR CRIME, GOVERNMENT OF NEPAL : STOP GLORIFYING  VIOLENCE, REVOKE DECISION TO GIVE A PUBLIC HOLIDAY ON FALGUN 1, PUNISH THE PERPETRATORS AND ENSURE JUSTICE TO CONFLICT VICTIMS, ENACT HUMAN RIGHTS FRIENDLY ACT-SAVE PARLIAMENT’S DIGNITY लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विस्तृत शान्ति सम्झौताको मर्म विपरित, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई (दशक लामो सशस्त्र द्वन्दका दौरान) आम माफी दिने नियतले भइरहेको चलखेलप्रति आपत्ति  व्यक्त गर्दै शान्ति समाजले अभियान सञ्चालन गरिरहेको छ ।

यसैगरी शान्ति समाज दाङ शाखाले यसै विषयमा केन्द्रीय रहि कार्तिक १२ गते तुलसीपुरमा प्रदर्शन गरेको छ ।