• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

त्रिकोणात्मक सिरिजः नेपालले भोलि उपाधिका लागि युएईसँग खेल्दै



काठमाडौँ । त्रिकोणात्मक टि-२०आई सिरिजको उपाधिका लागि भोलि घरेलु टीम नेपालले युएई विरुद्ध प्रतिष्पर्धा गर्दैछ । कीर्तिपूरस्थित त्रिवि मैदानमा हुने फाइनल खेल  बिहानको ११ बजे सुरु हुनेछ ।

राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनलमा पुगेको हो । यता, युएई भने अन्तिम खेलमा हङकङसँग भारी रनको अन्तरले पराजित भएपनि नेट रनरेटका आधारमा फाइनल प्रबेश गरेको थियो ।

यसै प्रतियोगितामा भएको पहिलो खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाँच विकेटले हराएको थियो । फाइनल खेलमा पनि हराउँदै नेपाल घरेलु मैदानमा सानको साथ उपाधि उचाल्न चाहन्छ ।

त्रिकोणात्मक टि-२०आई सिरिज लगतै नेपलले टी-२० विश्वकप २०२४ को एसिया क्षेत्रको छनोट प्रतियोगिता खेल्दैछ । घरेलु मैदान नेपालमा हुन लागेको खेल यही अक्टोबर ३० (सोमबार) देखि  हुँदैछ । मुलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । नेपालले आफ्ना सबै खेलहरु कीर्तिपुर मैदानमा खेल्नेछ । नेपालको पहिलो म्याच सोमबार सिंगापुरविरुद्ध छ ।