• २९ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 11 2024
  •   Unicode
Logo
Latest
★   तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार ★   नयाँ संविधानबाट बालेन, रवि र हर्कहरुको उदय भयो: झक्कु सुवेदी ★   प्रतिश जिसी रिजर्भमा परेपछि आमा प्रतिभाको प्रतिक्रिया– समाचार सुनेपछि मन भारी भयो ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ ★   एक हप्ता अगाडि नै क्यानडा पुगेका थिए सन्दीप ★   उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा ★   एआइएनमा नयाँ कार्य समिति चयन ★   टी–२० विश्वकपमा आज: क्यानडाविरुद्ध पाकिस्तानलाई जित्नैपर्ने दबाब ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन ★   सहरका विद्यार्थीका दु:ख: खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल

यसरी मनाए कलाकारले यस वर्षको दसैँ



काठमाडौँ : विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् ।

हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादसैँलाई लिएको बताउनुभयो । दसैँलगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दसैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाउनुभएकोे छ । सपरिवार टीका ग्रहण गरेको जानकारी गराउँदै उहाँले दसैँलगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताउनुभयो ।

यो दसैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ । उहाँले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दसैँ परिवारसँग बसेर मनाइरहेको बताउनुभयो ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ ।

अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गर्नुभएको छ ।

यस्तै आमाबाट टीका र जमरा ग्रहण गर्नुभएका हास्य कलाकार शिवशङ्कर रिजालले भन्नुभयो, “तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ ।”

यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले  पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ ।

अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद–२: भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौँ उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिनुभयो । “यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि  दर्शकसँग साक्षात्कार गर्दै दसैँ मनाईरहेको छु”, उहाँले भन्नुभयो ।

दसैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारले जानकारी गराए । रासस