२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिश जिसी रिजर्भमा परेपछि आमा प्रतिभाको प्रतिक्रिया– समाचार सुनेपछि मन भारी भयो



अ+ अ-

काठमाडौँ । युवा फास्ट बलर प्रतिश जिसीकी आमा प्रतिभा जिसीले आफ्नो छोरालाई ‘ट्राभलिङ रिजर्भ’मा राख्ने क्यानको निर्णयमाथि प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जालमा आफ्नो भावना पोख्दै प्रतिभाले एक्कासि छोराबारे गरिएको निर्णय सुन्दा मन भारी भएको बताईन् ।

जारी टी–२० विश्वकपमा नेपालको स्क्वाडमा स्पीनर सन्दीप लामिछाने टीममा जोडिएसँगै जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ । सन्दीपको आगमनसँगै टीममा रहेका लेफ्टआर्म मिडियम फास्ट बलर प्रतिशलाई प्रतिस्थापन गरिएको हो । यसबारे बोल्दै प्रतिभाले स्पिनर बलरको सब्सिच्युट लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ ? भनेर प्रश्न गरेकी छिन् ।

सन्दीपलाई समेटिएको प्रति भने उनले खुसी व्यक्त गरेकी छन् । ‘सन्दीपको टिममा पुनरागमन हुँदा एकदमै खुसी छु’, उनले लेखेकी छन्, ‘नेपाल क्रिकेट टिम एउटा परिवार हो, यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो ।’

https://www.facebook.com/pratibha.puri2/posts/7872985372753777?ref=embed_post