१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार
अ अ+ अ-

काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ चौँथो पुस्ता हुनुहुन्छ । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उहाँपछिको पुस्ताले धान्ला वा नधान्ला उहाँ यकिनसाथ भन्न सक्ने अवस्थामा हुनुहुन्न । तर तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसक्नुभएको छ ।

कलायात्राको २० वर्षे यात्रामा उहाँलाई यसपटक अपेक्षा नगरेको उपहार प्राप्त भयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये सर्वोत्कृष्ट ठहरिएको ‘२१ तारा’ले रु एक लाख पुरस्कार पायो । उक्त पुरस्कारलाई उहाँ बीस वर्षको मेहनतको उपलब्धि हो भन्नुहुन्छ ।

प्रदर्शनीमा परम्परागत, आधुनिक, धर्म, संस्कृति, इतिहास, दैनिक जनजीवनसँग सम्बन्धित विभिन्न दृश्य चित्र राखिएका छन् । त्यसमध्ये उहाँको सिर्जना परम्परागत काष्ठमूर्तिकला ‘२१ तारा’ हो । त्यसमा नियमबद्ध र परम्परागत बुट्टाले कलालाई थप आकर्षक बनाएको छ ।

परम्परागत कला सिर्जना गर्न सजिलो छैन । नियममा रहेर बनाउनुपर्ने भएकाले पनि कठिन हुने उहाँको अनुभव छ । त्यसमाथि कलामा निपूर्ण हुनैपर्छ । उहाँको उक्त सिर्जनामा पाँच वटा ताराको प्रतिनिधित्व पञ्बुद्धले गरेको छ । हरेक ताराले के भन्न खोजेको हो त्यसमा रहेको चिह्न, सङ्केत र वस्तुमार्फत व्यक्त गरिएको छ । ध्यानी बुद्धलाई नै पञ्चबुद्ध भन्ने गरिएको उहाँको भनाइ छ । वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको सामूहिक नाम नै पञ्चबुद्ध हो । मूर्तीकलाको तल अष्टमङ्गल रहेको छ ।

लेखक वसन्त महर्जनले काठमाडौँको बौद्ध समाजमा घरको मुख्य प्रवेशद्वारमाथि लहरै पञ्चबुद्धको चित्र अङ्कित गर्ने चलन रहेको उल्लेख गर्नुभयो । पञ्चबुद्धको नामक्रममा वैरोचन बुद्धलाई पाँच बुद्धको मध्यभागमा राख्ने गरिन्छ । बीचमा ठूलो काष्ठकला ९ग्रीन तारा० कुँदिएको छ । त्यसको उत्पलामा विश्वबज्र छ । यसले शक्तिको प्रतिनिधित्व गर्छ ।

सबैभन्दा अगाडि मञ्जुश्री राखिएको छ । कलाकार तुलाधार भन्नुहुन्छ, “त्यसरी राख्नुको कारण मञ्जुश्री सबैको गुरु हो । त्यसैले कसैले नाघ्नु भएन भनेर अगाडि राखिएको हो ।” एक्काइस वटै तारालाई पहिचान दिने चिह्नहरु छन् । जसले आ–आफ्नो महत्व दर्शाइदिन्छ ।

पञ्चबुद्धको मुनी धर्मरक्षकका रुपमा गरुड, बेटाल, सिंह, मकर विभिन्न स्वरुपमा कुँदिएको छ । उहाँको सिर्जनामा नागकन्या पनि समावेश छ । बौद्धधर्म अनुसार मनको इच्छा पूरा गर्ने ताराका रुपमा २१ तारालाई लिइन्छ । चाँपको काठबाट बनाइएको परम्परागत काष्ठकलामा रहेको एउटा/एउटा ताराको छुट्टै महत्व र व्याख्या छ ।

कलाकार तुलाधरले २० वटा तारा एउटै काठबाट बनाउनुभएको हो । एउटा काठमा कला भर्न सजिलो छैन । त्यसमाथि मसिना बुट्टाका साथै नियममा बाँधिएर कला बनाउनु झन् गाह्रो हुने उहाँको भनाइ छ । एउटा आधार र एउटा तारा छुट्टै काठबाट बताइएको छ । उहाँले काष्ठकला धेरै बनाउनुभयो तर यो अवधारणामा भने पहिलो बनाएको सुनाउनुभयो । “ठूलो र विस्तृतमा बनाइएको यो मेरो पहिलो हो र यसैले सर्वोत्कृष्ट पुरस्कार पाउँदा खुसी भएँ,” उहाँले भन्नुभयो ।

साधन मालाअन्तर्गत प्रतिमा लक्षण सिद्धान्तमा आधारित रहेर बनाइएको परम्परागत मूर्तिकलामा नियम मिच्न पाईँदैन । कलाकार तुलाधरले भन्नुभयो, “यो कला नियममा रहेर नै बनाउनुपर्छ, कतै छुट भयो भने कलाको महत्व नै हुन्न, त्यसैले जसले पनि परम्परागत कला बनाउन गाह्रो हुन्छ । शास्त्रहरु जानेकै हुनुपर्छ, कला साधकले नियम बुझेकै हुनुपर्छ ।”

उहाँले २१ तारा बनाउन नौ महिना खर्चनुभएको छ । यो परम्परागत काष्ठ मूर्तिकला एक वर्ष घरमा बस्यो । प्रदर्शनीमा लैजाने सोच थिएन तर प्रतिष्ठानबाट प्रदर्शनीका लागि अनुरोध भएपछि मात्रै उहाँले गएको माघमा कला पठाउनुभएको थियो ।

प्रादेशिक ललितकला प्रदर्शनीमा बागमतीको प्रतिनिधित्व गर्दै प्रदर्शन भएको उक्त कला राष्ट्रिय प्रदर्शनीमा पनि सहभागी भएको थियो । जसमा ११ जना निर्णायकबाट अङ्कका आधारमा तुलाधरको सिर्जना सर्वोत्कृष्ट बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली भन्नुहुन्छ, “लोककला आफ्नो तरिकाले बनाउन सकिने भए पनि परम्परागत कलामा जे गर भनिएको छ त्यही गर्नुपर्छ टाउको अर्कोपट्टी फर्किएको छ भने त्यस्तै फर्काइएको हुनुपर्छ । अन्य कलामा बरु फरकरुपमा प्रस्तुत गर्न सकिएला, परम्परागत कलामा त्यो छुट कलाकारलाई हुन्न, तुलाधरको सिर्जनामा पनि त्यही नियम लागू छ ।” यसअघि प्रतिष्ठानबाट राष्ट्रिय ललितकला पुरस्कार र विशेष ललितकला पुरस्कार प्राप्त गर्नुभएका तुलाधरले यसपालीबाटै स्थापना भएको सर्वोच्कृष्ट पुरस्कार प्राप्त गर्नुभयो ।

उहाँको २० वर्षको अनुभवले यो कला तयार भएको सुनाउनुभयो । “मध्यम वर्गीय र तल्लो वर्गीय कलाकारलाई सिर्जना गरेरै दैनिकी धान्न गाह्रै छ । माथिल्लो तह जसले कामको गुणस्तर दिनसक्छ भने उसको राम्रो छ”, उहाँले भन्नुभयो ।

उहाँले यसको मूल्य नतोके पनि रु १० लाखभन्दा बढी पर्ने बताउनुभयो । उहाँले यो कला विदेश पठाउने तयारी गर्नुभएको छ । तुलाधरलाई यसरी परम्परागत काष्ठमूर्तिकला कतिले गर्छन् भनेर खासै थाहा छैन । आफ्नो कुरा गर्दा उहाँ बुबाबाटै सीप सिकेको भए पनि स्वर्गीय लक्ष्मण महर्जनको कामको रस समाएको सुनाउनुहुन्छ । भन्नुहुन्छ, “मैले लक्ष्मण महर्जनकै रस लिएको हो, उहाँ जत्तिको काष्ठकलामा कोही छैन जस्तो लाग्छ ।